शुक्रबार, कार्तिक ७ गते २०८३

कुलीनतन्त्रमा राजकुमारको अत्याचार जनहितको दृष्टिमा त्यति खतरनाक नहोला


आषाढ ९, २०८० शनिबार
कुलीनतन्त्रमा राजकुमारको अत्याचार जनहितको दृष्टिमा त्यति खतरनाक नहोला

आधुनिक संवैधानिक लोकतन्त्रको बौद्धिक आधार युरोपेली जागरण युगका बेला निर्माण भएको थियो । अठारौँ शताब्दीको एक दार्शनिक आन्दोलन हुनपुगेको सो जागरण युगले परम्परागत सामाजिक, धार्मिक र राजनीतिक विचारलाई अस्वीकार गरी तार्किक धारणामा जोड दिएको थियो ।

त्यस आन्दोलनका अत्यन्त प्रभावशाली विचारकहरूमध्ये एक बेलायती दार्शनिक जोन लक (१६३२-१७०४) र उनका प्रमुख दार्शनिक उत्तराधिकारी, फ्रेन्च विधिवेत्ता तथा दार्शनिक मन्टेस्क्यु (१६८९–१७५५) थिए । उनी जोन लक जस्तै बहुमतको शासनमा आधारित लोकतन्त्र होइन, शासितको सम्मतिमा आधारित गणतन्त्रात्मक सरकारमा आस्था राख्थे ।

राज्यको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनका विचारको लागि यिनी प्रख्यात छन् । उनले सन् १७४८ मा प्रकाशित ‘द स्पिरिट अफ लज’ (कानुनमा निहित भावना) मा व्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गर्ने निकायका रुपमा सरकारका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच अधिकारको विभाजन र सन्तुलन जस्ता कुराको वकालत गरे ।

अमेरिकामा यसै सिद्धान्तले राष्ट्रपति, काँग्रेस र न्यायपालिकाबीच अधिकारको विभाजन गरी अमेरिकी संविधानको दार्शनिक आधार तयार पार्न समेत सघाउ पुर्याएको थियो ।

साभार :  गाैतमजीकाे मुहारपुस्तिका