आइतबार, कार्तिक ९ गते २०८३

सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटिएम  हस्तान्तरण

आषाढ ६, २०८० बुधबार
सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटिएम  हस्तान्तरण


देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटिएम प्रदान गरेको छ ।

हाल विद्यालयमा व्यवस्थित शौचालय र सेनिटरी प्याड  क्बलष्तबचथ एबम को व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा  अटोमेटेड प्याड भेन्डिङ मेशिन  प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा एबम  प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड एबम लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।

बैंकले आज एक कार्यक्रमका बिच काठमाडौँको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटिएम  र एक थान प्याड डिपोजिट   मेसिन हस्तान्तरण गरेको छ । बैंकका सहायक महाप्रबन्धक  हरि प्रसाद आचार्य, सिएसआर प्रमुख  सुमन थापा र कान्तिपथ शाखा प्रमुख  अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक श्रीमती शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका थिए  । साथै बैंकद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसैगरी देशका विभिन्न ठाउँमा ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको छ ।