आइतबार, कार्तिक ९ गते २०८३

हिमालयन बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने

आषाढ ५, २०८० मंगलबार
हिमालयन बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने

 

हिमालयन बैंक र जंगल भिल्ला रिसोर्ट प्रा. लि. बीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ ।

बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५  प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न   कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।