आइतबार, कार्तिक ९ गते २०८३

  सनराइज बैंकको  वार्षिक साधारणले पारित गर्यो लक्ष्मी बैंकसँग मर्जर प्रस्ताव

आषाढ ४, २०८० सोमबार
  सनराइज बैंकको  वार्षिक साधारणले पारित गर्यो लक्ष्मी बैंकसँग मर्जर प्रस्ताव

 

सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष  मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न  उक्त साधारण सभाले आ.व.२०७८÷७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात  तथा आ.व.२०७८÷७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन  पारित गरेको छ ।  

सभाले  सनराइज बैंक र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताब अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ । हिजो  सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।