शनिबार, आश्विन १७ गते २०८३

समाजवादी मोर्चा घोषणाको कार्यक्रम एक घण्टा पछि सारियो 

आषाढ ४, २०८० सोमबार
समाजवादी मोर्चा घोषणाको कार्यक्रम एक घण्टा पछि सारियो 

काठमाडौैं  । आज ३ बजे हुने भनिएको समाजबादी मोर्चा घोषणाको कार्यक्रम एक घण्टा पछि सारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार समाजवादी मोर्चा घोषणा अपराह्न ४ बजेका लागि सारिएको हो। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाढीपहिरोबाट भएको क्षति अवलोकनका लागि पूर्व जाने कार्यक्रम भएकाले मोर्चा घोषणाको समय सारिएको हो।

यसअघि दिउँसो ३ बजे नै मोर्चा घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो। स्थान भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह नै तोकिएको छ।

आज घोषणा हुने समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोर्चामा आबद्ध हुँदै छन्।