काठमाडौं, । सरकारमा सहभागी दलहरु पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले संसदीय समाजवादी मोर्चा निर्माणमा सहमति जुटाउन भरमग्दुर कसरत गरिरहेको थाहा भएको छ ।
यस मोर्चामाा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने प्रयासमा नेताहरु जुटिरहेको भएपन उनलाई आफु तर्फ तान्न एमाले अध्यक्ष केपी ओली पनि जोडबल गरिरहेका छन् ।
संसदीय समाजवादी मोर्चाको अवधारणपत्र बनाउन दलहरूले कार्यदल नै गठन गरेर दस्ताबेजको मस्यौदा तयार पारेका छन्। त्यसमा माओवादी केन्द्रका का कृष्णबहादुर महरा, एकीकृत समाजवादीका प्रवेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठले मोर्चाको अवधारणा दस्ताबेजलाई अन्तिम रूप दिएको बताइँदैछ ।
भविष्यमा पार्टी एकताको लक्ष्यसहित संसद्का चार र बाहिरको एक राजनीतिक दल मिलेर समाजवादी मोर्चा गठनको अन्तिम तयारी गरेको कुनै खिचडी नपाकै भोली सोमबार यसको घोषण हुनसक्ने निकट सुत्रहरुले बताएका छन् । ।
यो संसदीय समाजवादी मोर्चा बनेमा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्न सक्ने हिसाबकिताब पनि गरिँदैछ । सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चा बिना समीकरण जटिल हुनेछ । माओवादीका ३१, जसपाका १२ र एकीकृत समाजवादीका १० र नेपाल समाजवादी पार्टीका एक जना सांसद रहेका छन् ।
मोर्चामार्फत तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउने र दीर्घकालीन रूपमा पार्टी एकतासम्मको लक्ष्य नेताहरूको लिएको बताइन्छ । मूलतः सत्ताका लाागि बनाउन लागिएको यो मोर्चाले टिकाउ गति लिन सक्यो भने राजनीतिक अस्थिरता कम हुने स्थितिसम्म बन्न सक्ने बिश्लेषण गरिएकाे छ ।