फुङ्लिङ । आज ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको बाढी–पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको खबर छ ।
यसरी पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको र अरुको खाजी गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको हो ।
जिल्लाका त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएका जानकारी दिएका हुन् ।
उपरीक्षकका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिराले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको थाहा हुन आएको छ ।
बाढी र पहिराेले जिल्लाका अन्य क्षेत्रमा पनि क्षति पुर्याएकाे र मानिसहरू बेपत्ता रहेकाे अपुष्ट खबर छ ।

नेपालपत्र संवाददाता