आइतबार, कार्तिक ९ गते २०८३

लक्ष्मी बैंकको विशेष साधारणसभा, १:१ अनुपातमा सनराइजसँग मर्ज  हुने 

आषाढ ३, २०८० आइतबार
लक्ष्मी बैंकको विशेष साधारणसभा, १:१ अनुपातमा सनराइजसँग मर्ज  हुने 

 

लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा  सम्पन्न भएको छ । साधारण सभाले लक्ष्मी बैंक  र सनराइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।