आइतबार, कार्तिक ९ गते २०८३

वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा  ५ प्रतिशत  छुट  दिने 

आषाढ ३, २०८० आइतबार
वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा  ५ प्रतिशत  छुट  दिने 

राष्ट्रिय वाणिज्य बैंकले   ब्याज छुट दिेने भएको छ । राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकले असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको हो ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण(असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको  ओभर डियु,नर्मल  तथा  पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता÷जम्मा गरिने बैंकले जनाएको छ । बैंक यो अवसरको लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई  अनुरोध गरेको छ । 

 बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।