अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बेलायत, क्यानाडा, फ्रान्स,भारतलाई समेत फोन सम्पर्क गरेर सामाजिक सञ्जालका दैत्यहरु ‘गुगल’ र ‘फेसबुक’ जस्ता सञ्जाललाई नियन्त्रण गर्नका लागि मद्दतको आग्रह गरेकाे समाचार गत वर्ष आएका थिए। त्यतिबेला यी दुइ महत्वपूर्ण बिश्व सञ्जालका सन्दर्भमा आउँदा दिनमा अष्ट्रेलियाको संसदले एउटा सम्झौता गर्ने कानुन पारित गर्न सक्ने र त्यसले अष्ट्रेलियबाट निस्कने खबरहरुका लागि ती सामाजिक सञ्जालका माध्यमहरुले स्थानीय खबर कम्पनीहरुलाई पैसा तिर्नु पर्ने कुरा पनि बताएकाे थियाे । अष्ट्रेलियाले के कुरा उठाएको थियाे भने गुगल र फेसबुक तिनका अनुसंगहरुले मिलेर बिश्वभरका देशहरुबाट प्राप्त हुने खबरहरुलाई आफ्नो हितमा प्रयोग गनेर् गरेको छ र तिनका डाटाहरु कर्पोरेट पूजीलाई बेचेर ठूलो धनराशी कमाउने गरेको छ । तिनलाई कानुनको दायरामा ल्याउन खोज्दा पनि धम्की दिएर ती देशका नागरिकहरुलाई फेसबुक र गुगल प्रदान गर्ने सेवा नदिने कुरा गर्ने गरेको छ। एक पटक मात्रै पनि हाेइन पटक पटक अष्टेलियालाइ यस्ताे धम्की पनि दिइसकेकाे कुरा उल्लेख गिरएकाे थियाे ।
यसरी नै फ्रान्ससँग पनि भएकाे थियाे । फ्रान्सले गुगल लगायतका सामाजिक सञ्जालका घरानामाथि खबर लिने अर्थात कारबाही गर्ने सम्बन्धमा आफ्नाे कपि राइट कानुन लागु गरिदियाे ।त्यस अन्तरगत गुगलले फ्रान्सेली सञ्चार माध्यम घरानाहरू्लाई पैसा तिर्नुपर्ने स्थिति सिर्जना भयाे।बिश्वका अरू बाँकी देशहरूका लागि पनि गुगल र फेसबुकहरू यसै किसिमले पेश हुने गरेकाले जसरी उनीहरु ती देशका जनताहरुलाई बिना ब्याजकाे सेबक हुन् जस्ताे गरि दुनियाँ भरकाे ज्ञान दुनियाँले सित्तैमा दिन्छ । सूचना तथा ज्ञानका ती प्लेटफर्मले मानिसहरुलाई समूह बनाउने,संगठन बनाउने र क्राउड फण्डिङ्ग गर्नमा मद्दत गर्दछ । तिनले बिपत्ति -सूचनाहरूकाे मञ्च पनि बनाउँदछन् । सबैसबैलाइ अाबाज उठाउने स्वतन्त्रता पनि दिन्छन् । लेखक रचनाकार बनाउँदछन् र त्याे पनि निशुल्क । तिनले हामी जस्ता कूपमण्डुकहरूलाई ग्लाेबल नागिरक बनाएकाे गुण लगाएकाे पनि दर्शाउने गर्दछन् ।
तिनले हामीजस्ता कुपमण्डुकहरूलाई ग्लाेबल नागिरक बनाउने ठूलाे गुन लगाएकाे जस्ताे देखाउने गर्दछन् । ट्वीटर हाेस् कि इन्स्ट्रागाम या यूट्यूब या यस्तै अन्य सामािजक सञ्चारका मञ्च सबै एकै थैलीका चट्टेबट्टे हुन् । ती सूचनाकाे ब्यापार गर्ने यस्ताे दैत्याकारका कर्पाेरेशन हुन् जसले यतिबेला बिश्वका बिभिन्न देशरूका मानिसहरूकाे दिमागमा शासन गर्ने गर्दछन् । अनि बिश्वमा मानिसहरूद्वारा राखेकाे निजी जानकारी तथा बिचारलाई आफ्नाे बनाएर पुनः त्यही ती मानिसहरूका बीच बेचेर निहीत स्वार्थकाे हितमा अर्बाै डलर लिएर काम गर्ने गर्दछन् । अब त अन्य देशरहरूकाे घरेलु मामिलामा पनि तिनले हस्तक्षेप गर्न थालेका छन् । जानकारहरू भनिरहेका छन् कि केही बर्ष पहिला इण्टरनेट र माेबाइलकाे हल्लाले इजिप्टकाे सरकार उखेलेर फाल्ने काम गरेकाे थियाे, जुन काम पहिला सीआइए, केजेबी, र आदि जस्ता जासुसी संस्थाले गर्ने गर्दथे त्यही अब यिनले गर्न थालेकाे देखिन्छन् । फरक के मात्र छ भने ती घाेषित जासुसी संस्था थिए यी भने सूचनादाता प्लेटफर्मकारूपमा काम गर्ने गर्दछन् ।
बास्तबमा यिनले हाम्रै सूचना र हम्रै डाटा लिएर हामीलाई नबताइकन त्यसलाइ बेच्ने गर्दछन्, अनि र त्यसलाइ कर्पाेरेटकाे पक्षमा पटाउन-फुस्ल्याउनका लागि उपयाेग गर्ने गर्दछन् । अझ मज्जा त के भने यसाे गर्दा पनि तिनले हामीलाई गुन लगाएकाे जस्ताे गर्दछन् । मानाैं कि तिनले हामीलाइ स्वतन्त्र अभिब्यक्तिका लागि स्वतन्त्र मञ्च दिइरहेका छन् र देश कालकाे बन्धनबाट मुक्त गरेर हामीलाइ बिश्व नागरिक बनाइरहेका छन् ।
जब कि तिनले हाम्राे मन-मस्तिष्कमा, कलममा, बाेलीमा राज्य गरिरहेका छन् र हामीलाई नै उनीहरूकाे हितमा हाँकिरहेका छन् ।याे नयाँ साइबर साम्राज्यबाद हाे । यस्ता हर्कतले कुनै पनि देशकाे सम्प्रभूता, स्वतन्त्रता र सत्व तथा नागरिक स्वयंलाई पनि ब्ल्याकमेल गर्ने प्रपञ्च रचेकाे देखिन्छ । यसै कारणले हुन सक्छ अष्ट्रेलियाका प्रधानमन्त्रीले सबैले मिलेर याे साइबर साम्राज्यबादका बिरूध्द लड्न आग्रह गरेका हुन् ।
नेपालपत्र संवाददाता