शनिबार, आश्विन १७ गते २०८३

डलर कूटनीतिको बिकल्प यूआनलाई लिएर क–कसलाई छ डर ?


आषाढ ३, २०८० आइतबार
डलर कूटनीतिको बिकल्प यूआनलाई लिएर क–कसलाई छ डर ?

यतिबेला बिश्वका पाँच सबभन्दा तीब्र गतिले उदाउदै गरेका अर्थब्यवस्था भएका देशहरुको समूह – ‘ब्रिक्स’मा डलर कूटनीतिको बिकल्पलाई लिएर गहिरो बिचार बिमर्श चलिरहेको छ । यसमा बिशेष गरेर चीन र रुस अमेरिकी प्रभावको डलर अर्थब्यवस्थाबाट बाहिर निस्कने हुटहुटीले ब्यग्र देखिन्छन् । वास्तवमा डलरको दबदबाबाट अमेरिकाले बिश्वमा आफ्नो बादशाही चलाउने गर्दै आएको छ । त्यसैको दममा अमेरिकाले कुनै पनि देशका बिरुद्ध एकतर्फी प्रतिबन्ध लगाएर तिनको आर्थिक गतिबिधि रोकिदिने गर्दछ र तिनलाई बिश्व अर्थब्यवस्थाबाट अलग्याउने र एक्ल्याउने गर्दछ । यसरी डलर अमेरिकाका लागि राजनीतिक, आर्थिक र सामरिक हतियार हो जसको मार हान्ने क्षमताको कुनै बिकल्प नै अहिलेसम्म बिकसित हुन सकेको  थिएन । तर अब यो बर्चश्व टुट्ने स्थिति तीब्ररुपमा बिकसित हुन थालेको छ ।
 रुस–यूक्रेन युद्धका बीच अमेरिकी प्रतिबन्धहरुसँग जुधिरहेको रुसको अगुवाईमा अमेरिकी डलरको दबदबालाई समाप्त पार्ने कोशिश कत्तिको प्रभावकारी होला ठोकेरै त कसैले भन्न नसक्ला तर संकेत के देखिदैछ भने त्यसबाट यसम परिबर्तनको अपूर्ब पदचाप त सुनिन्छ नै । के पनि  चाखलाग्दो छ भने डलर अर्थब्यवस्थामाथि भारत जस्तो देश पनि असमञ्जसमा छ भने अर्कोतिर मलेशिया, अर्जेण्टिना, इण्डोनेशिया, बंग्लादेश, इरानदेखि लिएर साऊद अरबसम्मले पनि आज परिबर्तनको बाटोको खोजि गरिरहेकाछन् । अनि मुद्रा बिनिमयका अन्य बैकल्पिक मार्गहरुलाई आफ्नो समर्थन पनि दिइरहेका छन् । यस्तो अबस्थामा के प्रश्न पुनः खडा हुन्छ भने डलरको किल्प के के हुन सक्तछ । यस्तो स्थितिमा के प्रश्न पनि उठिरहेको छ भने डलरको बिकल्प के हुन सक्तछ । पाउड, येन, यूआन या रुपिया पनि कि ? रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पष्टरुपमा भनिसकेका छन् कि हामी एशियाा, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुसँगको ब्यापारमा  चिनीयाँ मुद्रा यूआनमा भुक्तान गर्ने पक्षमा छौं । यूआनलाई बिश्व स्तरमा अपनाउने पुटिनको सुझावलाई खारेज पनि गर्न सकिदैन । चीनसँग ब्यापारमा रुस पहिलादेखि नै यूआनको उपयोग गर्दै आएको छ ।  यूक्रेन युद्ध पछिदेखि त रुस र चीनको द्विपक्षीय  ब्यापार पनि अझ बढेको छ । अर्जेण्टिनाले पनि भनेको छ कि उसले चिनीयाँ उत्पादनहरुका लागि भुक्तानी डलरमा होइन, यूआनमा गर्न चाहन्छ । अनि चीन र ब्राजिलका बीच पनि सम्झौता भइसकेको छ कि दुबै देशले यूआनमा भुक्तानी गर्ने छन् । दक्षिण अमेरिकाको सबैभनदा ठूलो अर्थब्यवस्थाा भएको देश ब्राजिल पनि बितेको एक दशकभन्दा बढी समयदेखि चीनको सबैभन्दा ठूलो कारोबार गर्ने साझेदार बनेको छ । ब्राजिलले दाबी नै गरिसकेको छ कि करीब २५ वटा देशहरुले पहिलेदेखि नै यूआनमाा भुक्तानी गरिरहेका छन् । बृटिश रिटेलर ‘टेस्को’ले पनि आफ्ना चिनीया आयातित सामानहरुका लागि यूआनमै भुक्तानी गर्न चाहन्छ । साऊदी अरब पनि यतिबेला चीनसँग कुराकानी गर्दै छ कि उसले तेल(पेट्रालियम पदार्थ)मा  हुने भुक्तानीका लागि चीनको यूआनलाई पनि लिन सक्तछ । यसमा अमेरिकाका अन्य कयौं सहयोगी देशहरु पनि सामेल छन् जसलाई अब यूआनमा भुक्तानी गर्न कुनै असहज लाग्दैन ।

u-s-dollar-yuan.webp
 कयौं यथार्थ तथ्यहरुले पनि स्पष्ट पारिरहेका छन्, जस अनुसार बिश्वभरीका केन्द्रिय बैंहरुमा रिजर्भ मुद्रामा  डलरकको हिस्सेदारी आज कम भइसकेको या निरन्तर भइरहेको छ  । उल्लेखनीय छ कि १९९९ सम्म बिश्व रिजर्भमा डलरको हिस्सेदारी ७२ प्रतिशत रहेको थियो जुन अब घटेर ५९ प्रतिशतमा झरेको छ । यद्यपि यसको एक मात्र कारण केवल यूआन  नै त होइन आज त मलेशिया, इण्डोनेशिया, सिंगापुर र थाइल्याण्ड जस्ता देशहरुले पनि छन् जसले स्थानीय मुद्रामा समेत लेनदेन गर्ने गरेका छन् । अनि कतिपय खाडीका देश र रुसले पनि  भारतीय मुद्रा पनि स्वीकार गर्ने गरेका छन् । यी सबैका लेनदेनका बीच यूआनको उपस्थिति र स्वीकार्यता सबैभन्दा बढी रहेको एकदमै प्रष्ट छ र त्यो अझ बढ्दै जाने स्थितिमा रहेको छ । बास्तवमा चीन आर्थिक शक्तिकोरुपमा उदाउनु समकालीन  बिश्वको एउटा महत्वपूर्ण परिघटना हो । यो रुसभन्दा पनि बढी यसकारण प्रभावकारी छ किनभने रुसले सामरिकरुपले त अमेरिकालाई चुनौति दिने कोशिश त गरेको थियो तर उसको डलर कुनीतिमाथि कुनै नियन्त्रण थिएन । चीनले भने अमेरिकाका लागि असीम योजनापूर्बक सामरिक र  आर्थिक चूनौति आज प्रस्तुत गरिरहेको छ । चीनले द्विपक्षीय, बहुपक्षीय र बृहत स्तरको ‘वान बेल्ट वान प्रोजेक्ट अर्थात ‘बिआरआई’ परियोजनाबाट डलर कूटनीतिलाई चूनौति दिइरहेको  छ। बिश्वको सबैभन्दा ठूलो बजार बन्न सफल भए पछि  चीनले आफ्नो मुद्रा यूआनलाई स्थापित गर्ने प्रयास शुरु गरेको हो । चिनीयाँ सरकारले यूआनमा सीमापार भुक्तानीको सुबिधाका लागि २०१५ मा नै ‘क्रस बोर्डर इण्टर बैंक पेमण्ट सिस्टम लञ्च’ अर्थात सीमापार भुक्तानी प्रणाली लागु गर्यो । त्यसको तीन बर्षपछि  २०१८ मा चीनले निर्यातकहरुलाई यूआनमा  तेल बेच्ने अनुमति दिनका लागि बिश्वमा पहिलो ‘यूआन डोमिनेटेड क्रूड आयल फ्यूचर्स कन्ट्रयाक्ट लञ्च गर्न थाल्यो । यस क्रममा चीन बिश्वको सबैभन्दा ठूलो लेनदारकोरुपमा खडा हुन पुग्यो । जसमा सरकार र राज्य– नियन्त्रित दर्जनांै उद्यमहरुमा बिकासशील देशहरुलाई ऋण दिइरहेका परियोजनाहरु पनि छन् । चीनले वास्तवमा बिश्वको पहिलो केन्द्रिय बैंक डिजिटल मुद्राहरुमध्ये एककोरुपमा पनि आफुलाई बिकसित गरिरहेको छ  । चीनका लागि यूआनलााई सबल बनाउने गहिरो अवसर पनि मिल्यो । चीन बिश्वको सबैभन्दा ठूलो निर्यातक देश हो र जापान, जर्मनी, ब्राजिल र अन्य देशहरु समेतको सबैभन्दा महत्वपूर्ण ब्यापारिक साझेदार पनि बनिसकेको छ  । बजारमा बिनिमय दरको आधारमा अमेरिका पछि चीनको दोश्रो सबैभन्दा ठूलाो अर्थब्यबस्थ बनेको छ । वास्तवमाा  चीन अमेरिकी डलरको बिश्व ब्यवस्थालाई प्रभावित गर्नका लागि अन्य देशहरुलाई स्थानीय मुद्रामाा ब्यापार गर्नका लागि प्रोत्साहित पनि गरिरहेको छ ।
 चीनले बिकल्पकोरुपमा एशियाली मुद्रा कोषको स्थपान गर्नमा चाख पनि देखाएको छ जसमा उसलाई मलेशिया जस्ता कतिपय देहरुको समर्थन पनि मिलिसकेको या मिलिरहेको छ । चीनले यो सुबिधा अब ब्रिक्स देशहरुका बीचमा पनि लागु गर्ने मनसुवा देखाइरहेको छ, जस अनुसार ब्रिक्कस देश डलरको साटो यूआन र आ–आफ्ना मुद्रामा ब्यापार गर्न सक्तछन् । यी सबैका बीच के संकटहरु पनि छन् भने कतिपय देशहरु कर्जाको जालमा फसेर मुद्रा स्वीकार गर्न पनि बाध्य हुने डर पनि रहेको सन्देह छ । यस्ता कतिपय कठिनाईहरु हुँदा हुँदै पनि डलर कूटनीतिमा मानबाधिकार, मानबीय मूल्य, समानता, लोकतन्त्र र स्वतन्त्रताको पनि चिन्ता लिइने गरिन्छ र यूआन कूटनीतिलाई कथित अधिनायकबााद, साम्यबादी आक्रामकता र मानबाधिकारको उपेक्षा हुने जस्ता कुराहरु पनि रहेको औंल्याउने उरालिने  गरिन्छ । अनि के सन्देह पनि उठाउने गरिन्छ  भने यूआन कूटनीतिल म्यानमारमा जस्तै बिश्वका कयौं देशहरुमा लोकतन्त्रलाई समाप्त पारेर राजनीतिक अस्थिरता बढाउन पनि सक्तछ । यी भनिएका सम्भाबित आशंकाहरु निर्मूल गरिनु पर्दछ भन्ने आशय पनि ब्यक्त गरिने गरिन्छ । यस प्रकार बिश्व ब्यबस्थाले नयाँ मोड लिने प्राय निश्चित बनेको छ  । डलर कूटनीतिको बादशाही समाप्तिको सँघारमा  पुगेको छ । बिकसित भएका बिश्व प्रबृत्तिहरुलाई हेर्दा र केलाउँदा यसमा अब कुनै सन्देह छैन कि यूआन र  डलरको लडाईमा  यूआनको बिजय प्रायः निश्चित छ ।