अनेक कानुनी र अन्य बिवादका बीच संसदीय समितिले एकमतले अनुमोदन गरे पछि हरिकृष्ण कार्की छोटो समयका लागि देशको प्रधानन्यायाधीश बनेका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले कार्कीलाई हिजै सपथ ग्रहण गराएका थिए ।
न्याय परिषदका अनुसार उनको उमेरको हदले साउन २० गते समय सकिदैछ । यस हिसावले कार्की छोटो समयको लागि बनेका ३०औं प्रधान न्यायाधीश हुन पुगेका छन् ।
प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता र कानुनमन्त्रीको उपस्थितिमा संवैधानिक परिषद्ले वैशाख २५ गते कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।