शनिबार, आश्विन १७ गते २०८३

नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त १६ जना पुर्पक्षका निम्ति जेल चलान

आषाढ १, २०८० शुक्रबार
नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त १६ जना पुर्पक्षका निम्ति जेल चलान

काठमाण्डाै । नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पूर्व उप प्रधानमन्त्री टाेपबहादुर रायमाझी र पूर्ब मन्त्री बालकृष्ण खाँड सहीत १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ ।

शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।

यसैगरी अदातलतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

उनीहरूले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा चलाइएका ३० जनामध्ये १२ जना अझै फरार रहेका छन् । अभियुक्तहरूविरुद्ध ठगी, सङ्गठित अपराध, लिखत किर्ते, राष्ट्रहित प्रतिकूलको कसुर र एकीकृत कसुर मुद्दामा नियमअनुसार कैदसहित २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो भराउन पनि माग गरिएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाण्डौमा १२ दिनदेखि थुनछेकको बहस चलेको थियो । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस हिजो बिहीवार सकिएपछि आज जिल्ला सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।