शनिबार, आश्विन १७ गते २०८३

भ्रष्ट नेतालाई कारवाहीको माग गर्ने १६ जना गिरफ्तार

जेठ ३२, २०८० बिहीबार
भ्रष्ट नेतालाई कारवाहीको माग गर्ने १६ जना गिरफ्तार

मानव अधिकार तथा शान्ति समाजले गरेको विरोध प्रदर्शनका सहभागीलाइ प्रहरीले पक्राउ गरेको छ । 

समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर भन्ने आह्वानसहित आज संसद भवन अगाडि प्रदर्शन गर्न खोज्दा पक्राउ गरिएको हो । 

प्रदर्शनमा  चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह पनि गरेको छ । प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैँनः मधेशमारा नीति चाहिदैँन, शिर्ष नेताहरुको सम्पत्ति छानविन खोइरु, भ्रष्टाचारी नेताको स्वर ठूलो किनरु, सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस, शिर्ष नेता भ्रष्ट छनः नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयोरु पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड लिएर प्रदर्शन गरिएको  थियो ।

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन शुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिंह केसी, सल्लाहकार उत्तम पुडासैनीसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा  राखिएको समाजले जनाएकाे छ ।