शनिबार, आश्विन १७ गते २०८३

भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धिः अर्थमन्त्री महत

जेठ २९, २०८० सोमबार
भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धिः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन्।

बजेटमा उठेका प्रश्नको सोमबार संसद्‍मा जवाफ दिने क्रममा उनले भने( ‘सुनको भन्सार दर विगत देखिनै भारतमा लाग्ने महसुल दर अनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर वृद्धि गरेको भएपनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको थियो। त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो।’

भारतमा मूल्यगत आधारमा महसुल लागि सबै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति १० ग्राम ८ हजार ५०० रुपैयाँ मात्र छ। परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उतावचढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा मूल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले बताए।