बुधबार, भाद्र ३ गते २०८३

कोशी प्रदेश किसान संघर्ष समितको संयोजक गणेश खड्का


जेठ २९, २०८० सोमबार
कोशी प्रदेश किसान संघर्ष समितको संयोजक गणेश खड्का


तरहरा,सुनसरी/किसान हक हितका निम्ति संघर्ष गर्न ६ बामपन्थी किसान संगठनहरुको २५ सदस्यीय कोशी प्रदेश संयुक्त संघर्ष समितिको संयोजक अखिल नेपाल किसान यूनियनका महासचिव  गणेशकुमार खड्काको नेतृत्वमा बनेको छ । समितिका सदस्यहरुमा शुकदेव चौधरी, दुर्गाप्रसाद कोइराला, गोबिन्दबहादुर गुरुङ्ग,घनश्याम थापा,रुद्र अधिकारी, तारा सुबेदी, जीवन राई संगीन, कल्पना घिमिरे, ध्रुब डाँगी, चेवन कोइराला, प्रेमसागर सापकोटा,डम्बरबहादुर श्रेष्ठ, चन्द्र ढकाल झापाली, अमृत पाण्डे,हरिलाल अधिकारी, लक्ष्मीकान्त ओझा,लोमनाथ भण्डारी,कृष्णकुमार ढकाल,बेनु बुढाथोकी, पासाङ्ग तामाङ्ग,डिल्लीराम भण्डारी, कृष्णदास चौधरी, मदन कटुवाल र टंक परियार रहेका छन् । 

Kisanvel3.jpg
यही २०८० जेष्ठ २२ गते सुनसरीको तरहरा कृषि अनुसन्धान केन्द्रमा आयोजित ६ किसान घटकहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमबाट यो संयुक्त संघर्ष समिति बनेको हो । अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय संयुक्त किसान संघर्ष समितिका नेताहरु अखिल नेपाल किसान आयोगका इञ्चार्ज  लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्का, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्काेटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ((क्रान्तिकारी)का महासचिव धनेश्वसर पोख्रेल र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले देशको कृषि र किसानका समस्या समाधान गर्न राष्ट्रब्यापीरुपमा  किसान संघर्षको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

Prades 1 Kisanpratinidhivela.jpg

त्यस अबसरमा तरहरा कृषि अनुसन्धान केन्द्रका प्रमुख केशब श्रेष्ठले उत्पादन र उत्पादकत्व बढाउन कृषि अनुसन्धानबाट किसानका निम्ति प्रमाणित भएका उन्नत प्रबिधि र उन्नत  बिउ बिजनहरु किसानहरुका बीचमा पुर्याउन किसान संगठनहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा जोड दिदै पावर पाेइण्टबाट बिचार प्रस्तुत गरेका थिए ।