शनिबार, आश्विन १७ गते २०८३

बजेट वक्तव्यमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री

जेठ २९, २०८० सोमबार
बजेट वक्तव्यमाथि सांसदले उठाएको प्रश्नको   जवाफ दिदै अर्थमन्त्री


अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदैछन् । प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका छन् । १५ जेठमा

प्रतिनिधिसभामा पेश भएको बजेटमाथि  सदहरुले छलफलमा भाग लिंदै विभिन्न प्रश्न उठाएका छन् । आन्तरिक उत्पादनलाई  प्रोत्साहन  दिन  आलु र व्याजमा कर लगाएको उनले बताए । उद्योग व्यवसाय फस्टाओस र मुलुकको अर्थतन्त्रलाई माथी  उठाउन सकिओस भन्ने उदेश्यका साथ आलु प्याज आयात गर्दा करको व्यवस्था गरिएको उनले जनाए ।

अर्थमन्त्री महतले भ्याट लागू गर्नु राम्रो भए पनि हरेक व्यवसायीलेयसलाई कम्जोर पार्दा भ्याट संक्लन घटेको उनले जनाए ।  अर्थतन्त्रलाई चलायमन बनाउन बजेट केन्द्रीत हुने उनको भनाई छ ।