चार तहकाे सरकार बनाएर घरघरमा सिंहदरबार भनिए पनि गण्डकी प्रदेशकाे बागलुङ सदरमुकाममा करिब ४०० बंगुर मरेपछि किसानहरु करिब २ कराेड नाेक्सानी व्यहाेर्न बाध्य भएका छन्र । स्थानीय कृषकले पालेकाे चार सय बंगुर मर्दा दुई कराेड घाटा हुदा जिल्ला सहित चार तह सरकार कहाँ छ भनेर उनीहरूले आक्राेश पाेखेकाे छन्।
बागलुङ नगरकाे वार्ड नं. १ देखि ४ सम्म किसानले व्यवसायिक रुपमा पालेका बंगुर एक्कासी मरेर खाेर रित्तिन थालेपछि गरिब किसानहरु थप चिन्तामा परेका हुन्। केही दिनदेखि दैनिकजसाे खोरमा बंगुर एक्कासी मर्न थालेको र मरेकाे बंगुर गाड्ने गरेकाे किसानहरु बताउँछन् । व्यवसायिक रुपमा बंगुर पालन गर्दै आएको समयमा पहिलो पटक रोग लागेर बंगुर मर्न थालेको र सबैकाे खाेर रित्तिँदै गएकाे किसान डिलमाया थापाले बताइन ।
बागलुङ नगरकाे उकत भेगमा ५४ जना किसानले पालेका तीन सय ९२ वटा बंगुरको मृत्यु भएपछि भेटेरिनरी नजिकै बागलुङल बजारमा रहेकाे अस्पताल पशु सेवा विज्ञ केन्द्र लाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसी ‘संगम’ ले बताउनु हुन्छ। किसानले पालेका बंगुमा एक्कासी मर्नुमा ‘स्वाइन फिभर’ नामक भाइरसकाे संभावना रहेकाेले परिक्षण गर्न थालिएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका बरिष्ठ पशु चिकित्सक डाक्टर ऋषिराम सापकोटाले बताए ।
बागलुङको दक्षीणिभेग जैमिनी नगरपालिकामा पहिलो पटक किसानले पालेका बंगुरको परिक्षण गर्दा गत पौषमा ‘ अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको बताईएकाे छ । अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन २०१८ मा चीनमा र त्यसपछि भारत, भुटानमा पनि देखा परेको अध्ययनलेबताएकाे छ। बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा बदेल प्रजातिकाे बंगुर, संगुर, बँदेलमा देखा पर्ने भाइरस रहेको बिज्ञहरुकाे भनाई छ ।
यो रोग पशुबाट मानिसमा नसर्ने सापकोटाले बताए । संक्रमण भएमा सुँगुर,बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्ने लक्षण देखा पर्ने गरेको छ । याे छिटाे फैलनुमा अति खतरनाक महामारीजन्य सरुवा रोग भयकाे, सापकोटाले बताउछन, यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचार समेत हुन नसक्ने भएकोले उच्च सतर्कता अपाउनुकाे बिकल्प नभयकाे उल्लेख छ ।
बागलुङमा दुई सयभन्दा बढि किसानले १२ हजारको सङख्यामा सुँगुर, बंगुर पाल्दै आएको केन्द्रले जनाएको छ । रोगी बंगुर,त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्र्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकोले सावधानी अपनाउनुपर्ने केन्द्रले बताएको छ ।
सीताराम थापा