आइतबार, कार्तिक ९ गते २०८३

नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्ट बीच सम्झौता

जेठ २६, २०८० शुक्रबार
नबिल बैंक  र ल्याण्डमार्क होटल एन्ड रिसोर्ट	बीच सम्झौता

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तरगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । हालसम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।