शनिबार, कार्तिक ८ गते २०८३

अब ५ र ७.५ प्रतिशत पूँजीगत कर  तिरे हुने

जेठ २१, २०८० आइतबार
अब ५ र ७.५ प्रतिशत पूँजीगत कर  तिरे हुने


 पूँजीगत लाभकरका बिषयमा सरकार पछाडी  हटेको  छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमपछि पुरानै लाभकर कर लिने  सहमति भएको हो ।

दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेको छ । सरकारले यस विषयमा सूचना जारी गरेको छ । अब ५ र ७.५ प्रतिशत पूँजीगत कर  तिरे हुने  तिरे हुने भएको छ । आन्तरिक राजस्व विभागकाले गत बुधबार पटके लगानीकर्तालाई ५ र साढे ७ अन्तिम कर र व्यवसायीक प्रयोजनका लागि कानून अनुसार कर लाग्नेभन्दै विज्ञप्ति निकालेको थियो । 

गत बिहीबार लगानीकर्ताको संघ सगठनसँगको छलफलपछि प्राकृतिक व्यक्तिलाई ५ र साढे ७ अन्तिम कर, व्यवसायीक प्रयोजनका लागि कानुनअनुसार कर लाग्ने विज्ञप्ति निकालेको थियो ।

लगानीकर्ताका संघ संगठनहरुले सेयर बजारमा लाग्ने सबैखाले कर अन्तिम हुनुपर्ने माग गर्र्दै आएका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आर्थिक ऐनको दफा २९ बमोजिम निष्कृय गर्ने र सेयर बजारको कर अन्तिम नै हुने प्रतिबद्धता जनाउनु पर्ने माग गरिरहका छन् ।

638214770236938205-604x768.jpg