चेन्रइबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस रेल ओडिसास्थित बालासोर जिल्लामा दुर्घटना हुँदा कम्तमा २०० जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।
बालासोर नजिकै बहनगा बजार स्टेशन नजिकै उक्त रेल दुर्घटना भएको बताइएकाे छ। चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएको हो।
याे दुर्घटनास्थल निरीक्षण गर्ने क्रममा केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। गम्भीर घाइतेलाई दुई लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने पनि उनले भनेका छन्।
ओडिसाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएका १३२ यात्रुलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको जानकारी दिए। यसबाहेक ४७ घाइतेलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको जानकारी दिएका छन् ।