काठमाडौं । आाज नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् ।
याे नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति २०८० जेष्ठ १७ गते प्रमाणीकरण गरेपछि आाज शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुनुवाइका लागि पर्सि आईतबारलाई पेशी तोकिएको अधिवक्ता भण्डारीले जानकारी दिएका छन् । उनले हिजाे असंबैधानिक र राष्ट्रघाती बिधेयकका बिरूद्ध सर्बाेच्चमा चूनाैति दिने बताएका थिए ।
नेपालपत्र संवाददाता