नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित वित्तीय संस्थाको लागि दुई जना व्यक्ति माग गरेको छ ।
बैंकले समस्याग्रस्त बनेको उक्त लघुवित संस्थाको व्यवस्थापन समुह गठन गर्न गर्नका लागि संयोजक र सदस्य माग गरेको हो ।
राष्ट्र बैंकको लघुवित संस्था सुपरिवेक्षण विभागले सूचना प्रकाशित गर्दै योग्यता पुगेका उमेद्वारलाई दरखास्त दिन आह्वान गरेको छ ।
आगामी जेठ २५ गते भित्र दरखास्त पेश गर्न बैंकले अनुरोध गरेको छ । बैंकले संयोजकको लागि १ लाख २५ हजार र सदस्यको लागि १ लाख ५ हजार पारिश्रमिक तोकेको छ ।
दरखास्त पेश गर्दा शैक्षिक याेग्यता, नागरिकताकाे प्रमाणपत्र र उमेर नखुलेकाे हकमा साे खुल्ने कागजात पेश गर्नुपर्नेछ ।