सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ । आज शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको सिन्धुलीमो गोलन्जोर गाउँपालिका ७ खुर्कोट लौकुनबाट सुनकोसीमा CTEVT को सरकारी गाडी डुब्यो,चालक सम्पर्कमा , दुई जना सहसचिव,एकजना प्राविधिक सहित ३ जना कर्मचारी बेपत्ता ,स्थानीयबासी र प्रहरी उद्धारमा लागेकाे समाचार छ
सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी भइरहेको पनि जानकारी दिएको छ ।
