चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भारततर्फ लागेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने जनाइएको छ । त्यसैगरी प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहकाबीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने छन् ।
उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् ।