शुक्रबार, कार्तिक ७ गते २०८३

दूराचारी शासक, तिनका चाकरीवाज वा मतियार र उनीहरूका पापलाई चोख्याउन जथाभावी स्वस्ती–शान्ति गराउँदै ...


जेठ १३, २०८० शनिबार
दूराचारी शासक, तिनका चाकरीवाज वा मतियार र उनीहरूका पापलाई चोख्याउन जथाभावी स्वस्ती–शान्ति गराउँदै ...
राणा शासन जगजगीको समयका प्रसिद्ध प्राज्ञ पं. कुलचन्द्र गौतम (वि.स.१९३४– २०१५) संस्कृत र नेपाली साहित्य एवं संस्कृत–नेपाली शब्दकोश (डिक्सनरी) का स्रष्टा, आयुर्वेद विज्ञ (कविराज), भाषासेवी र सामाजिक जागरण तथा स्वाभिमानका अभियन्ता हुनुहुन्थ्यो । उहाँले आफ्ना कृतिहरूद्वारा काव्यात्मक शैलीका साथ धर्म, संस्कृति, दर्शन, आयुर्वेद, पुराण, व्यक्तिस्तुति, समाज सुधारका ज्ञान र चेतना फैलाउनु भएको थियो ।
 
माथि उल्लेखित उहाँको वाणी, १९९३ सालमा संस्कृतमा प्रकाशित उहाँको प्रख्यात कृति ‘प्रपञ्चचर्चा’ को मूल विषयवस्तु हो, जो उहाँले व्याख्या गर्दा बताउने गर्नुहुन्थ्यो । यस कृतिमा राणा शासनका सम्पूर्ण पक्षमा देखिएका विकृति र विसंगतिलाई प्रस्तुत गरिएको छ । यो कृतिको रचनाकालमा नेपालमा बन्धुहत्या र हाडनाता करणीका अपराध बढ्दै गएको थाहा हुन्छ । के पनि बुझिन्छ भने त्यस्ता तीन चरित्र वा प्रवृत्तिबाट राष्ट्रलाई बचाउन र त्यस्ता चरित्रलाई पनि सत्मार्गमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘प्रपञ्चचर्चा’ काब्यको रचना गरिएको हो ।
 
त्यो जमानामा पुस्तक प्रकाशित गर्न तत्कालीन ‘नेपाली भाषा प्रकाशिनी समिति’ को पूर्वस्वीकृति चाहिन्थ्यो । यो आलोचनात्मक कृति स्वीकृतिमा पर्नु स्वयंमा नौलो भएको थियो । यसका साथै उहाँले ‘पुरुषार्थ कल्पबल्ली’, ‘स्वयं वैद्य’, ‘अलङ्कार चन्द्रोदय’, ‘रामायण’ (नेपाली), ‘राघवालङ्कार’, ‘संस्कृत नेपाली शब्दकोश रचना गर्नुभयो । उहाँले संस्कृतको अमरकोश (डिक्सनरी) मा नेपाली टीकाद्वारा पूर्णता दिनुभयो । उहाँ चारैवटा वेदलाई नेपालीमा रुपान्तर गर्न लाग्नुभएको थियो । त्यो अभावलाई पूरा गर्नुभयो उहाँका नाती चिकित्सक (जेरियाट्रिसियन) प्रसन्नचन्द्र गौतमले ।
 
पं. कुलचन्द्रको जन्म पिता पं. रमाकान्त र माता सावित्रीदेवीका तीन छोरामध्ये कान्छो छोराको रुपमा वि.सं. १९३४ असार १५ गते धादिङ्को तामागुरु टोलमा भएको थियो । २०१५ सालमा यी महान् मनिषीको निधन भयो ।
 
साभार : गाैतमजीकाे मुहारपुस्तिका