शनिबार, आश्विन १७ गते २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा राेष्ट्रम घेराउ, संसद बैठक स्थगित

जेठ १२, २०८० शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा राेष्ट्रम घेराउ, संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद बैठकमा  तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएको भनेको विषयमा एमालेले संसद अवरोध गरेको हो । 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदले प्रतिपक्षी दलको नेतामाथि आधारहीन गम्भीर आरोप लगाएकोले सरकारबाट त्यस विषयमा प्रष्ट धारणा आउनुपर्ने अन्यथा सदन सुचारू गर्न नदिने बताए । ‘एमाले नेतृत्वको सरकारले पशुपतिनाथमा सुनको साटो पित्तल लगाएको भने आरोप लगाइएको छ । यो आरोप कसरी आएको छ । प्रमाण तथ्यबेगर स्वीकार्य हुँदैन । यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ । जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन । माफि माग्नुपर्छ र रेकर्डबाट हटाउनु पर्छ,’ उनले भने । 

त्यसपछि एमालेका सबै सांसद उठेर राेष्ट्रम घेराउ गर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले संसद बैठक सुचार गर्न भन्दै एमाले सांसदहरूलाइ अनुराेध गरेपनि उनीहरूले राेष्ट्रम घेराउन गरिनैरहे पछि  संसद केहि समयका लागि स्थगित गरिएकाे छ ।