शेयरबजारका लगानीकर्ताहरूले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाइ भेटेर ६ बुँदे माग राखेका छन् । उनीहरूले मागपत्र बुझाउँदै लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न भनेका हुन् ।
त्यसैगरी १२ करोड रूपैयासम्मको शेयर कर्जाको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन, सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न र लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरूले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल सम्बोधन गर्न माग गरेका हुन् ।