शनिबार, आश्विन १७ गते २०८३

‘आइएमई पे’ वालेटमा रु. १ को गेम, सामसुङ फोन जित्ने अवसर

जेठ ११, २०८० बिहीबार
‘आइएमई पे’ वालेटमा रु. १ को गेम, सामसुङ फोन जित्ने अवसर

 

आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । 

जेठ १० गते देखि जेठ १७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा "रु १ मा के" ब्यानरमा गइ खेल्न सक्नेछन् । एक सातासम्म रहने अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् । 

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ भने अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने कम्पनीले जनाएको छ ।