युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले ती दुई बीमा कम्पनीलाई एकापसमा मर्जर हुन अन्तिम स्वीकृति दिएको हो ।
अजोडको युनाइटेडबीच १००ः ८२।५ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने जनाइएको छ ।
हाल अजोड र युनाइटेड दुवैको चुक्तापुँजी एक अर्ब रुपैयाँ माथि रहेको छ। १०० बराबर ८२।५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।