आइतबार, कार्तिक ९ गते २०८३

सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा

जेठ ८, २०८० सोमबार
सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा


सानिमा बैंक लिमिटेडले लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय   मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरेका थिए  ।

  मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे  । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत   आचार्यले  बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता जनाए ।  बैंकका  देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।