महालक्ष्मी विकास बैंक २९औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटै शाखाहरु मार्फत विविध कार्यक्रम आयोजना गरेको छ ।
बैंकले रक्तदान, साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, कर्पोरेट क्रिक्रेट लिग–२०२३, श्रृङखला २ लगायतका कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको छ ।
बैंकले एक प्रभातफेरी कार्यक्रम गरी बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरु प्रदर्शन गरेको थियो ।
गत बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला १६ टिमको सहभागितामा जेष्ठ २०, २१ र २२ गते सञ्चालन गर्ने जनाएको छ ।
बैंकले देशभर रहेका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेका छन् ।
ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता उनले व्यक्त गरे ।