शनिबार, आश्विन १७ गते २०८३

प्रहरीद्वारा नक्कली भूटानी शरणार्थी प्रकरणमा चारवटा अपराधमा मुद्दा चलाउने प्रतिबेदन 

जेठ ७, २०८० आइतबार
प्रहरीद्वारा नक्कली  भूटानी शरणार्थी प्रकरणमा चारवटा अपराधमा मुद्दा चलाउने प्रतिबेदन 

काठमाण्डौ । आज नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धि ठगी, भ्रष्टचार, माानब बेचबिखन जस्ता जघन्य अपराधमा ५७ दिनदेखि अनुसन्धानमा लागेको प्रहरीले प्रहरी प्रतिबेदन तयार पारी सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ ।

यस प्रकरणमा पक्राउ परेका १६ जना समेत बिभिन्न ब्यक्तिहरुसँग सोधपुछको आधारमा  प्रहरीले दुइ दर्जन भन्दा बढी ब्यक्तिहरु बिरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्शसहीतको अनुसन्धान प्रतिबेदन तयार पारी आज बुझाउन लागेको हो ।

Tekuprahari.png

प्रहरीले आरोपीहरुसँग २६ करोड ८८ लाख बिगो कायम गरी मुद्दा दर्ता गर्नुपर्ने निष्कर्श पनि निकालेकाके र आरोपीहरुका बिरुद्ध राज्य बिरुद्धको अपराध, संगठित  अपराधध, ठगी, तथा कीर्ते समेतमा मुद्दा दर्ता गरी हदैसम्मको कारबााहीको माग गर्ने बताइएको छ । 

यस प्रकरणमा पूर्ब उप्रप्रधानमन्त्री तथा सांसद टाेपबहादुर रायमाझी, पूर्ब गृहमन्त्री बालकृष्ण खाँड, नेपााल सरकारका सचिब टेकनारायण पाण्डे,गृहमन्त्रीका पूर्ब सल्लाहाकार इन्द्रजीत राइ तथा भूटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत १६ जना पक्राउ परेकाे र अन्य चार जना फरार रहेकाे जनाइएकाे छ ।