बुधबार, भाद्र ३ गते २०८३

गण्डकीका मुख्य मन्त्री सहित बागलुङ नगर ३६५ दिन : एक समाराेह


जेठ ७, २०८० आइतबार
गण्डकीका मुख्य मन्त्री सहित बागलुङ नगर ३६५ दिन : एक समाराेह

(विशेष प्रतिनिधि)

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल अराजकता तिर धकेलियकाे अवस्थामा पहुँचका आधारमा भन्दा आवश्यकताको आधारमा योजना वितरण गरिने बताए। बागलुङ नगरपालिकाका जनप्रतिनिधिले ३ सय ६५ दिन पूरा गरेको समिक्षात्मक कार्यक्रमकाे अवसरमा पाण्डे सहभागी उनले विकास गाउँमा पुग्दा जनताले गाउँ छाड्ने अवस्था आउन नदिन सचेत गराए। पाण्डेले प्रदेश सरकारको नीति तथा कार्यक्रममा पाइलट प्रोजेक्टको रुपमा केही पालिकामा सामूहिक कृषिका कार्यक्रम ल्याउने र ‘कृषि उत्पादनमा आधारिक उद्योग खोल्ने दाबि गरे। किसानको उत्पादनकाे बजारीकरण पनि सरकारले लिने पाइलट काम गर्छौं,’ उनले भने, ‘उत्पादन खेर जाँदैन भन्ने ग्यारेन्टी गरेर बसाइँसराइ रोक्ने काम गर्छौं ।’ उनले भने ‘ अब ‘साना योजना स्थानीय तहले हेर्ने, ठूला योजना प्रदेश र संघले हेर्ने गर्दा प्रभावकारी बन्छ ।’ प्रत्यक्ष जनतामा जोड्ने काम स्थानीय तहले गर्नुपर्ने भन्दै साना योजना प्रदेशका भए पनि पालिकाले हेर्नुपर्ने बताए ।

Yantra.jpg

कार्यक्रममा नगर प्रमुख वसन्त कुमार श्रेष्ठले नगरबासीका असीमित चाहना, नगरले खोजेको विकास र समृद्धिको सपना, सीमित बजेट र अव्यवहारिक कानुनी व्यवस्थाको चुनौतीको बावजुत चार वर्षमा पुरा बताए। नगर प्रमुख श्रेष्ठले नगरपालिकाले शिक्षा, पशुपालन, वन, सडक, संचार, बसपार्क, वित्तीय सेवा, अस्पताल निर्माण, एक घर एक धारा, स्वास्थ्य, सिँचाई, खानेपानी, पर्यटन, ट्राफिक व्यवस्थापन, सिसी क्यामरा जडान, फोहर व्यवस्थापन, खेलकुद, ढल व्यवस्थापन, वडा कार्यालयसम्म पिच गर्ने लगाएतको विकासका कार्यहरु सुचारु भएकाे बताए। उनले भने "नगरपालिकाको प्रशासनिक भवन निर्माणको, बलेवा बिमानस्थल सुचारु, बजारकाे खानेपानि,यस्काे लागि प्रदेश र संघ, मन्त्रालय, मन्त्रीहरु र सांसदहरुको महत्वपूर्ण सहयोग र साथ लियर काम गरिने छ" ।

Baglung2.jpg

कार्यक्रममा बागलुङ नगरपालिकाले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभा, पूर्वजनप्रतिनिधि, किसान, व्यवसायी, विद्यार्थी, विद्यालय, विद्यालय व्यवस्थापन समिति, खेलाडि, कर्मचारी, पत्रकार र सामाजिक व्यक्तित्व गरी ६० जनाभन्दा धेरैलाई सम्मान गरिएको थियो। कार्यक्रममा नगर उप प्रमुख राजु खड्काले आफुले नगरकाे समृद्वि र बिकासकाे लागि खेलेकाे भूमिका प्रश्तुति गरेका थिय। गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र थापा, संघिय सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य कुशुम बुढा, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

baglung.jpg