आइतबार, कार्तिक ९ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीकाे वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

जेठ ६, २०८० शनिबार
नेपाल कम्युनिष्ट पार्टीकाे वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण विवरण सार्वजनिक गरेको छ । पार्टीले इजाजतप्राप्त लेखापरीक्षकद्वारा तोकिएको समय सीमाभित्र सो आर्थिक वर्षको लेखापरीक्षणको विवरण निर्वाचन आयोगमा बुझाएको थियो । निर्धारित समयसीमाभित्र निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा सो विवरण बुझाइएको साे लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको पार्टीका अर्थ तथा लेखा समितिका संयोजक नरेन्द्र तण्डुकारले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । सोही दफाको उपदफा ५ बमोजिम उक्त प्रतिवेदन दलको कार्यालय वा अन्य विभिन्न सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । 

Balance sheet.jpg

income expenses.jpg

cash flow.jpg

assets.jpg

anusuchi 1.jpg

anusuchi 2.jpg