सरकारकाे नीति तथा कार्यक्रम बारे एक संक्षिप्त प्रतिकृया प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीले देश र जनताले भाेग्न परिरहेका गम्भीर समस्या हल गर्न नसक्ने कामचलाउ खालकाे , परम्परागत धरातलबाट माथि उठ्रन नसकेकाे नीति र कार्यक्रम भन्ने संज्ञा दिएकाे छ । पार्टीका अध्यक्ष लाेकनारायण सुबेदीले प्रकाशित गरेकाे बक्तब्य निम्नानुसारकाे छ :
राष्ट्रपतिको सम्बोधन मार्फत हिजो संसदमा प्रस्तुत भएको सरकारको २०८०/२०८१ नीति र कार्यक्रम परम्परागत धरातलबाट माथि उठ्न र बिश्वासिलो अग्रगामी दिशा लिन नसकेको स्थितिमै आएको छ । यस यथास्थितिमा नीति र कार्यक्रममा सानातिना सुधारका केही कुरा देखिए पनि आजको राष्ट्रिय अन्तर्राष्ट्रिय परिप्रेक्षमा जुन गम्भीर आर्थिक संकट उपस्थित छ त्यसको सामना गर्न र देशका समस्यालाई समाधान गर्ने सही दिशा पहिल्याउन तथा जनतामा आत्मबिश्वास जगाउने यसले सबल र राष्ट्रिय आत्मनिर्भरताको मूलबाटो लिन सक्ने देखिदैन । फलतः देशले फेरि पनि परनिर्भरताको पासोबाट उम्कने र सामाजिक समुन्नतिको सही बाटो लिने कुनै आधार खडा हुँदैन ।