यूरोपेली पर्यावरण एजेन्सीले हालै के तथ्य पाएको बताइएको छ भने बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले बाल बच्चाका लाग जत्तिको बायु प्रदुषणको खतरनाक स्तर बताउने गरेको छ यथार्थतः बाल बच्चाहरुले त्यसभन्दा बढी नै प्रदुषण झेल्न परिरहेको पछिल्लो तथ्यांक छ ।
गएको सोमबार मात्रै यूरोपेली पर्यारण एजेन्सी(ईईए)ले यस सम्वन्धि एउटा नयाँ प्रतिबेदन जारी गरेको छ । त्यस अनुसार यूरोपमा प्रत्येक बर्ष वायु प्रदुषणका कारण १,२०० भन्दा बढी बाल बच्चाहरु र किशोरहरुको मृत्यु भइरहेको छ ।
कोपनहेगनमा अबस्थित त्यस एजेन्ीले आफ्नो प्रतिबेदनमा भनेको छ –‘बच्चा गर्भमा हुँदादेखि लिएर बयस्क हुँदासम्म बायु प्रदुषणकाप्रति बिशेषरुपले संबेदनशील हुन्छन्’ ।
वायु प्रदुषणले बच्चालाई प्रभाबित तुल्याउँदछ
त्यस प्रतिबेदनमा भनिएको छ–‘ हुन त प्रत्येक बर्ष ईईएद्वारा अनुमानित यूरोपेली जनसंख्यको तुलनामा यस आयु बर्गमा समयभन्दा पहिला हुनेगरेको मृत्युको संख्या कमै छ । जीवनको आरम्भमा हुने हुने गरेका मृत्युले भबिष्यको क्षमताको नोक्सानीको प्रतिनिधित्व गर्दछ र पुरानो बिमारी एउटा महत्वपूर्ण बोझकासाथ उपस्थित हुन्छ’ ।
उच्च वायु प्रदुषणको सम्पर्कमा आउनाले अस्थमाको उच्च दर पनि हुने गर्दछ । यो बिमारी यूरोपमा पहिलादेखिनै ९ प्रतिशत बाल बच्चामा रहेको छ र यसले किशोर किशोरीहरुलाई पनि प्रभाबित तुल्याइ रहेको छ । यसका अतिरिक्त फोक्सोको कार्य क्षमता, श्वास प्रश्वास संक्रमण र एलर्जीसँग लड्ने क्षमता पनि यसबाट कम हुन जान्छ ।
मृत्युको तथ्यांक अधिक हुन सक्छ
अनुसन्धानका लागि यूरोपेली संघका २७ सदस्य देशहरु समेत ३० देशलाई सामेल गरिएको बताइएको छ। तर रुस, यूmक्रेन र यूके जस्ता प्रमुख औद्योगिक देशहरुलाई यसमा सामेल नगरिएको उल्लेख छ । यो प्रतिबेदनमा के सुझाव दिएको पाइन्छ भने वायु प्रदुषणबाट मृत्यु हुनेहरुको कूल संख्या अझ बढी पनि हुनसक्छ भनिएको छ ।
ईईएले थप के भनेको छ भने कयौं प्रमुख वायु प्रदुषकहरुको स्तर कतिपय यूरोपेली देशहरु बिशेषरुपले मध्य–पूर्ब यूरोप र इटलीमा बिश्व स्वास्थ्य संगठनको दिशानिर्देशभन्दा ‘धेरै माथि’ बनेको स्थिति छ ।
के अनुमान लगाउने गरिएको छ भने सर्बेक्षण गरिएका देशहरुमा शहरी जनसंख्याकेो ९७ प्रतिशत हिस्सा यस्तो हावाको सम्पर्कमा थियो जुन बितेको बर्ष बिश्व स्वास्थ्य संगठनको सिफरिशलाई पूरा गर्ने गर्दैनथ्यो ।
ईईएले भनेको छ कि परिहन, उद्योग र हिटिङ्गबाट हुने गरेको उत्सर्जनर्लाइ कम गरिनु पर्दछ ।
अल्पाबधिमा बच्चाहरुलाई लाभ पुर्याउनका लागि एउटा ब्यवहारिक उपाय के निकालिएको मानिदैछ भने ग्रीन स्पेशलाई बढाएर स्कूलहरुका वरिपरीको वायुको गुणबत्तामा सुधार गर्न सकिन्छ ।
पूरा बिश्वमा समेत यूरोप वायु प्रदुषण पनि एउटा ठूलो खतरा हो । बिश्व स्वास्थ्य संगठनले बताए अनुसाार कारखानाका चिम्नीहरुबााट हरित ग्यास उत्सर्जन जत्तिको कम होला पर्यावरण प्रदुषण त्यत्ति नै कम हुनजानेछ । बिश्व स्वास्थ्य संगठनले वायु प्रदुषणमा सुधारका लागि मानकहरु निर्धारण गरेको छ । यो संगठन बर्तमानमा ब्लाकमा वायु प्रदुषणलाई कम गर्नका लागि यूरोपेली संघसँग मिलेर काम गरिरहेको छ ।