आइतबार, कार्तिक ९ गते २०८३

बाल अस्पताल बनाउन हिमालयन बैंकले दियो २० लाख सहयोग 

जेठ ५, २०८० शुक्रबार
बाल अस्पताल बनाउन हिमालयन बैंकले दियो २० लाख सहयोग 


हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट, बुढानिलकण्ठ काठमाण्डौ स्थित काठमाण्डौ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई काठमाण्डौमा बाल अस्पताल निर्माण गर्नका लागि  २० लाखको आर्थिक सहयोग प्रदान गरेको  छ ।

सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका  ध्यक्ष प्रो.डा. भगवान कोइरालालाई सो रकम   हस्तान्तरण गरेका थिए ।