यतिबेला तुर्कीको चुनाव परिणाममा बिश्वभरीकै आँखा लागिरहेको छ । किनभने कुनै पनि उम्मेद्वारले पच्चास प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । त्यहाँ रेसेप तैय्य आर्दोगान दुइ दशकदेखि सत्तामा हावी रहँदै आएका छन् । तर यस पटकको चुनावमा त्यहाँ कडा टक्कर पर्यो । त्यसैले निर्धारित पच्चास प्रतिशतभन्दा बढी कसैको पनि मत नआएकोले आगामी २८ मईका दिन पुनः मतदान हुने भएको छ ।
सत्तासीन राष्ट्रपति रेसेप तैय्य आर्दोगानलाई यस पट बिपक्षी उम्मेद्वार केमल किलिकडारोग्लूबाट कडा चूनौति दिइएको छ । चाखलाग्दो कुरा के छ भने उनी बापन्थी तथा धर्मनिरपेक्ष नीतिको समर्थक केमललाई तुर्कीको गान्धि पनि भन्ने गरिएको छ। इस पल्टको चुनावमा सबैभन्दा राम्रो कुरा के भएको भनिदै आएको छ भने मानिसहरुले यो पटक तुर्कीमा निकै अग्रसरताकासाथ भागलिए । यसको अर्थ के लगाइदैछ भने मानिसहरुमा परिबर्तनको इच्छा निकै ब्यापक छ । यद्यपि पहिलो चक्रको चुनावमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन सकेका छैनन् । दुबै हाराहारी मै रहेका छन् ।
यो पहिलो चक्रमा आर्दोगानलाई ४९.४९ प्रतिशत मत प्राप्त भयो भने किलिकडारोग्ललाई ४४.७९ प्रतिशत मत आयो । तुर्कीको चुनावमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेलाई बिजयी घोषणा गर्ने गरिन्छ । तर कसैको पनि तोकिएको पच्चास प्रतिशत मत नआएमा सबैभन्दा बढी मत ल्याउने दुइ उम्मेद्वारका बिच दोश्रो चक्रको चुनावमा बढी मत ल्याउनेलाई बिजयी घोषणा गर्नेगरिन्छ । अब त्यहाँ अर्दोगान र किलिकडारोग्लुका बीच २८ मईका दिन दोश्रो चक्रको चुनाव हुने भएको छ । बीस बर्षदेखि सत्तामा रहँदै आएका आर्दोगानले पहिलो चक्रमा ५० प्रतिशत मत ल्याउन नसक्नुलाई उनको पराजयकारुपमा हेरिएको छ ।
आर्दोगानको पहिलो आरम्भिक कार्यकाल निकै लोकप्रिय रहको थियो । उनको त्यस बेलाको कामकाज राम्रो मानिएको थियो । उनलाई कठिनाई शुरु भयो २०१३ पछि जतिबेला तुर्कीको आर्थिक स्वास्थ्य बिग्रन थाल्यो । मुद्रास्फिति बढ्नुका कारण देशमा उनका बिरुद्ध असन्तोष बढ्न थाले पछि त्यसलाई नियन्त्रण गर्न उनी बढीभन्दा बढी अलोकतान्त्रिक तथा कट्टरपन्थी उपाय अपनाउदै अघि बढ्न थाले । खाशगरी २०१६ मा भएको सत्ता पल्टाउने प्रयासपछिदेखि त उनले दशौं हजार मानिसहरुलाई जेलमा हाल्ने काम गरे भने एक लाखभनद्या बढी मानिसहरलाई सरकारी नोकरीबाट निक्ष्कासन गरिदिए । यी कारणहरुले गर्दा उनको लोकप्रियता घट्दै गयो
तथापि भनिन्छ कि अहिले पनि गरीब तथा कट्टरपन्थीहरुका बीच उनको लोकप्रियता कायमै छ । तुर्की नेटोको सदस्य त रहेकै छ, बिश्वको सबैभन्दा ठूलो अर्थ ब्यवस्थामा पनि सामेल मानिन्छ । तर अहिलेको पछिल्लो चुनावको परिणाममा बिश्वको दिलचस्पी किन बढ्यो भने यूक्रेन युद्धपछि बद्लिएको समीकरणले तुर्कीको भूमिकालाई निकै महत्वको तुल्याइदियो ।
आर्दोगानको नेतृत्वमा तुर्कीको बितेको केही समयदेखि रुससँगको निकटता बढ्दो देखिएको थियो । तर यो चुनावको नतिजाले यो सम्वन्धलाई नयाँ किसिमले परिभाषित गर्न सक्ने पनि अनुमान गरिदैछ । यसका अतिरिक्त लोकतान्त्रिक बिश्वले पनि यस चुनावबाट निकै आशा लगाएको औंल्याइदैछ । के हेरिदैछभने यस चुनावले निरंकूशता र धार्मिक कट्टरताको छेउमा खडा भएको यस देशलाई चुनावको दोश्रो चक्रमा लोकतन्त्र र धर्मनिरपेक्षको बाटमा फिर्ता ल्याउने माध्यम बन्छ कि बन्दैन ।