प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )ले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र क्षेत्रगत नीति तथा कार्यक्रममा सुधार गरी समष्टिगत आर्थिक स्थायीत्व कायम गर्न सरकार प्रयत्नशील रहेको बताए । प्रतिनिधि सभामा सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले महा भूकम्प, कोरोनाको प्रभाव र अन्तर्राष्ट्रियस्तरमा आएको आर्थिक मन्दीका कारण समग्र मागमा ह्रास आउँदा त्यसको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत परेको बताए ।
तरलताको संकुचन हुनुका साथै घट्दो दरमा राजस्व परिचालन भएको र पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको प्रधानमन्त्रीको भनाइ छ । विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहेको दाहालले बताए । ‘सरकारी खर्चमा मितव्यिता कायम गरि फजुल खर्च नियन्त्रण गरिएको छ ’, उनले भने राजस्व प्रसासनलाई चुस्त बनाउँदै राजस्वको दायर विस्ता गर्ने नीति सरकारले लिएको छ ।’विदेशी लागनीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने नीति सरकारको रहेको उनले बताए ।