आइतबार, कार्तिक ९ गते २०८३

पुँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्री दाहाललाई बुझाए ६ बुँदे माग

जेठ ३, २०८० बुधबार
पुँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्री दाहाललाई बुझाए ६ बुँदे माग


सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि भन्दै प्रधामन्त्री पुष्पकमल दाहाललाई  भेटेका छन् ।  लगानीकर्ताका संघ संगठनहरुले प्रधानमन्त्री समक्ष ६ बुँदे माग पेश गरेका हुन् । लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न माग गरेका छन् ।

यस्तै १२ करोड सम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् । सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न अनुरोध गरेका छन् । लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यस्तै लगानीकर्ताले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न अनुरोध गरेका छन् । यस्तै तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न माग गरेका छन् ।