शनिबार, आश्विन १७ गते २०८३

रेशम चाैधरीकाे मुद्दामा सर्बाेच्चकाे फैसला पनि जन्म कैदकै

जेठ २, २०८० मंगलबार
रेशम चाैधरीकाे मुद्दामा सर्बाेच्चकाे फैसला पनि जन्म कैदकै

काठमाडौं ।सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा उच्च अदालतको फैसला नै सदर गरेको छ। आज बहसपछि सर्वोच्च अदालतले मुद्दाकााे फैसला सुनाउँदै उच्च अदालतले सुनाएको फैसला नै सदर गरेको हो। यो निर्णयसँगै अब चौधरीले बाँकी समय पनि थुनामा नै बिताउनुपर्नेछ।

८ बर्ष २०७२ भदौ ७ गते मधेश-थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु समुदायका नागरिक पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुका घर बास जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए।

त्यस  प्रकणमा रेशम चौधरीलाई उच्च अदालतले समेत टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो।

घटनाका मुख्य आरोपी रेशम चाैधरीले सांसद भएको समयमा  जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।

उनलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले बिरोध प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले बिरोध जनाए। उनीहरुले मंगलवार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाएका थिए ।

प्रदर्शनका क्रममा बोल्द नागरिक उन्मुक्तिकी केन्द्रिय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माईतीघर पुगेका थिए ।

उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।