काठमाण्डौ । नेपाली काग्रेसका एक निष्ठाबान, अध्ययनशील र चिन्तनमनन गरिरहने नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ । उहाँ नेपाली जन आन्दोलनका एक सक्रिय साक्षी र योद्धा हुनुहुन्थ्यो । सोलुखुम्बुमा २००२ सालमा जन्मनु भएर ७८ बर्षको उमेरमा देहाबसान हुनु भएका बस्नेत पञ्चायती ब्यवस्था बिरुद्धको आन्दोलनयताका सबै आन्दोलनहरुमा सक्रिय हुनु हुन्थ्याो ।
परिबर्तित राजनीतिक प्रणालीलाई मूल्य मान्यता र राष्ट्रिय आवश्यकताको आधारमा नचलाएर सत्ता र कुर्सीको संकीर्ण स्वार्थमा चले चलाइएकोले अनेक बिकृति र बिसंगति उत्पन्न भएकोमा उहाँ खिन्नता प्रकट गर्नु हुन्थ्यो ।
बस्नेत नेपाली काग्रेसको पूर्ब केन्द्रिय सदस्य र संबिधान सभाको सदस्य पनि हुनुहुन्थ्यो । उहा २०४८ सालदेखि २०५१सम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएर पनि काम गर्नु भएको थियो । पत्रपत्रिकाहरु सामयिक लेखहरु लेखिरहने बस्नेतका केही राजनीतिक कृतिहरु पनि प्रकाशित छन् ।