आइतबार, कार्तिक ९ गते २०८३

बैंकहरुले जेठमा निक्षेपको ब्याज स्थिर राख्ने 

बैशाख २८, २०८० बिहीबार
बैंकहरुले जेठमा निक्षेपको ब्याज स्थिर राख्ने 


बैंकहरुले जेठ महिनामा  निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

निक्षेप निरुत्साहित हुने भएकाले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् । चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको थियो । व्याजदर घटाएसँगै बैकहरुबाट निक्षेप बाहिरिएको थियो ।