काठमाडौँ ।
पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट आज दिउसो उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।
खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको र उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।
यस प्रकरणमा सह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका र प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएकाले खाँड पक्राउ परेको बताइएको छ ।
उता पक्राउ पूर्जी जारी गरेपछि फेला नपरेका एमालेका उपमहासचिव भने पार्टीको बैठकद्वारा निलन्बनमा परेका छन् । उनले संसदमा बिमारी परेको पत्र पठाएको बताइएको छ ।