आइतबार, कार्तिक ९ गते २०८३

हिमालयन बैंकले प्रहरी अस्पतालमा सुरु गर्यो काउन्टर 

बैशाख २७, २०८० बुधबार
हिमालयन बैंकले प्रहरी अस्पतालमा सुरु गर्यो काउन्टर 

 

हिमालयन बैंकले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक   र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका  परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट   प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका  मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए ।