काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्ब गृहमन्त्री खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो। यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अहिलेसम्म फरार रहेका छन्।उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन्।
यस प्रकरणमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।