नेपालको पहिलो प्रधानन्यायाधीश भएर मात्र होइन हरिप्रसाद प्रधान आधुनिक नेपालको न्यायव्यवस्थालाई शून्यबाट स्थापित गरेर स्वतन्त्र न्यायपालिकाको स्थान बनाउनमा उहाँको नाम स्वर्ण अक्षरले लेखिनुपर्छ । उहाँलाई बीपी कोइरालाले २००८ सालमा नेपाल झिकाउनु भएको थियो ।
बीपीले आत्मवृत्तान्त (पृ.१७५) मा भन्नुभएको छ, “हामीले प्रधानन्यायालय स्थापना गर्ने निर्णय गरेपछि एउटा प्रधानन्यायाधीशको आवश्यकता पर्यो । म नेपालीलाई राखौँ भन्ने चाहन्थेँ, तर त्यस्तो उपयुक्त कुनै मानिस यहाँ देखिएन । कालिबाबुको नाम प्रस्तावित गर्यो, प्रधानमन्त्री (मोहन शम्शेर) ले मलाई अप्ठ्यारो पार्नलाई, आफ्नै ज्वाईँलाई नियुक्त गर्यो भनेर अप्ठ्यारो पार्नलाई । फेरि कालीबाबुको योग्यतामा मलाई भर थिएन र उहाँको न्यायिक इमानदारीमाथि पनि भर थिएन मलाई। मैले उनलाई तत्काल अस्वीकार गरेँ।...अनि मेरो जो सिनियर वकिल थियो, जसको मातहतमा मैले दार्जिलिङ्गमा काम गरेको थिएँ, हरिप्रसाद प्रधान, त्यसको नाम मैले प्रस्तावित गरेँ। .....सबैले भने, तपाईँले चिन्हेको भए हरिप्रसाद हुन्छ र प्रधानमन्त्रीले पनि हुन्छ भन्यो । उनलाई खबर गर्यौँ, उनी आए।”
२००८ साल श्रावण ७ गते नेपालमा न्यायसम्बन्धी सर्बोच्च निकायको रुपमा प्रधान न्यायालय कायम गर्ने व्यवस्था गरियो । त्यसै दिन राजा त्रिभुवनले त्यसको प्रधानन्यायाधीशमा मन्त्रिमण्डलको सिफारिसमा हरिप्रसाद प्रधानलाई नियुक्त गरेको घोषणा गरे । श्रावण २६ का दिन प्रधानन्यायाधीश प्रधानले नेपालको पहिलो स्वतन्त्र न्यायालयको पहिलो प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरे ।.....कलकत्ता विश्वविद्यालयबाट उनले एम.ए. बी.एल. गरेका थिए । उनले लामो समयसम्म कलकत्ता, सिक्किम र दार्जिलिङ्गमा वकालत गरेका थिए । .....सन् १९४२ मा धेरै नेपालीहरूलाई भारतमा पक्राउ गरियो ।.....धरणीधर कोइराला, सूर्यबिक्रम ज्ञवाली, सन्तवीर लामा सँगै प्रधानलाई अँग्रेज शासनले पक्राउ गरेर डेढ वर्षसम्म कलकत्ताको प्रेसिडेन्सी जेलमा राखेको थियो (प्रस्तुत अनुच्छेद पुरुषोत्तम बस्नेद्वारा लिखित ‘नेपाली काँग्रेसको इतिहासको प्रारुप’ पुस्तकको पृ. ३५१–३५२ बाट उद्धृत) ।
प्र.न्या.प्रधानले न्यायपालिकालाई चाहिने सबै अंगहरू पुर्याउनमा अद्वितीय योगदान गर्नुभएको छ । बन्दीप्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, अधिकारपृच्छा र उत्प्रेषण जस्ता जनअधिकारको रक्षा गर्ने सर्बोच्च अदालतका विशेषाधिकार उहाँले नै स्थापित गर्नुभएको हो । सरकारावादी मुद्दामा वकालत गर्न महान्याायाधिवक्ताको कार्यालय स्थापना गर्ने र पहिलो महान्यायाधिवक्ता, पटना हाइकोर्टमा वकालत गरिरहेका कालीप्रसाद उपाध्यायलाई पहिलो एटर्नी जनरल नियुक्तीको लागि विशेष पहल उहाँले नै गरेको हो ।
उहाँ पहिलोपटक साउन २६, २००८ देखि २०१३ जेठ ७ गतेसम्म र दोस्रोपटक २०१८ मंसिर २९ देखि २०२० मंसिर २९ गतेसम्म प्रधानन्यायाधीश हुनुभयो । नेपालको न्यायिक इतिहासमा यति आदर्शवान र योग्य न्यायमूर्ति आजसम्म कोही हुन सकेन । उहाँको उपरोक्त वाणी पहिलोपटक प्रधानन्यायाधीशको रुपमा सपथग्रहण गर्दा व्यक्त गर्नुभएको हो।

साभाार : गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम