शनिबार, आश्विन १७ गते २०८३

पाकिस्तानका पूर्ब प्रधानमन्त्री इमरान खान पक्राउ

बैशाख २६, २०८० मंगलबार
पाकिस्तानका पूर्ब प्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्ब प्रधाानमन्त्री इमरान खानलाई त्यहाँकाे  अर्धसैनिक बलले मंगलबार  पक्राउन  गरेको  बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्र 

यस घटनाको पुष्टि पीटीआईका वकिल फैसल चौधरीले गरेका छन् ।

खान अध्यक्ष रहेका पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी( पीटीआई)का उपाध्यक्ष फवाद चौधरीले रेन्जर्सद्वारा खानलाई कब्जा गरिएको उल्लेख गरेकाा छन् ।

पीटीआईले इमरान खानलाई इस्लामावाद उच्च न्यायालय भित्रबाट पाकिस्तानी रेंजर्सले अपहरण गरी लगेको आरोप लगाएको छ।

याे पक्राउका बिरूध्द इमरानकाे पार्टीले देशैभर आन्दोलन गर्ने चेतावनी दिएको र बिभिन्न् प्रान्तमा संघर्ष शुरू पनि गरिसकेकाे  छ । डाउन डटकमका अनुसार यस घटनाक्रमको प्रतिक्रियामा इश्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले इस्लामाबादका प्रहरी प्रमुख, आन्तरिक मन्त्रालयका सचिव र अतिरिक्त महान्यायाधिवक्तालाई तुरुन्तै अदालतमा उपस्थित हुन निर्देशन दिइसकेका छन् ।

प्रधानन्यायाधीशले इस्लामावादका प्रहरी प्रमुख अदालतमा उपस्थित नभए प्रधानमन्त्रीलाई बोलाउने चेतावनी दिएका छन् । न्यायमूर्ति फारुकले भने, “अदालतमा आउनुहोस् र हामीलाई बताउनुहोस् कि इमरानलाई किन गिरफ्तार गरियो र कुन मुद्दामा।

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानमा राजनीतिक संकट पनि उत्पन्न गरिएपछि त्यहाँ स्थिति अझ नाजुक हुने देखिएके राजनीतिक बिश्लेषकहरू बताइरहेका छन् ।