
रामबिन्दु श्रेष्ठ
फाँसीबादमाथि महान विजय दिवसको ७८औं बार्षिकाेत्सबको उपलक्ष्यमा सबै मानवजातिलाई शुभकामना !
आज मे ९ तारिक । सन १९४१ - १९४५ को महान देशभक्तिपूर्ण युद्धमा फासिष्टहरु माथि विजय हासिल भएको दिन। सोभियत वीरहरूको बलिदानबाट यूरोपलाई ग्याँस च्याम्बर र यातना शिविर बाट मुक्त गरेको दिन ।
यो महायुद्धमा २ करोड ७० लाख भन्दा बढी सोभियत जनताले शहादत प्राप्त गरेका थिए | युद्धमा भाग नलिने कुनै सोभियत परिवार भेटिन्न । त्यसैले यो युद्धलाई महान देशभक्तिपूर्ण युद्ध भनिन्छ। यसको वहादुरी, त्याग, उत्सर्ग र बलिदानको गाथा मानव सभ्यताको इतिहासमा सबैभन्दा उच्च छ ।
यो महान विजयले एशिया, अफ्रिका र ल्याटिन अमेरिकन मुलुकहरूमा साम्राज्यवाद विरोधी ज्वारभाटा ल्यायो ।चीन, भारत जस्ता थुप्रै मुलुकहरू औपनिवेशिक जंजीर बाट मुक्त भए। तर
आज विश्वमा एक वा अर्को तरिकाबाट विजयको गौरवशाली इतिहासलाई तोडमोड र वंग्याउनो प्रशस्त प्रयत्नहरु हुंदैछन । ऐतिहासिक स्मारक र शालिकहरु भत्काईदैछन। इतिहासको चिहानमा गाडिएका फासिष्टहरुले विभिन्न बहानामा टाउको उठाउँदैछन। फेरि पनि जातीयता, साम्प्रदायिकता एवम धर्मको आड लिएर नव फासिष्ट हरुको उदय हुँदैछ।यो परिप्रेक्ष्यमा नश्लवादी फाशिज्ममाथि बिजय प्राप्त गरेको दिन ९ मे को संझना गर्न अझ सान्दर्भिक छ ।
बिजय दिवसको उपलक्ष्यमा 'सबै जनता युद्ध मोर्चाको लागि, सबै शक्ति विजयको लागि' भन्ने उदघोषका साथ होमिने करोडौ सोभियत वीरहरूलाई उच्च सम्मान र सबैलाई शुभकामना छ !
साभार : श्रेष्ठजीको मुहारपुस्तिका